केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारको नीति तथा कार्यक्रम संसद्मा बहुमतले पारित, मंगलबार बजेट आउने

सहयात्रा टिभी

काठमाडौं । आर्थिक वर्ष २०७४–७५ का लागि सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रम व्यवस्थापिका संसदबाट बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रमबारे सांसदहरुले उठाएका सवालबारे प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिँदा ध्वनी मतका आधारमा बहुमतले पारित गरिएको हो । नीति तथा कार्यक्रममा केही सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएपछि सभामुख ओनसरी घर्तीले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । सरकारले पुरानै कार्यक्रम समेटिएको आर्थिक वर्ष २०७४/७५ को बजेट मंगलबार संसदमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : 28 May, 2017

प्रतिक्रिया दिनुहोस्