तुलसीपुरमा सहुलियतको चामल बिक्री वितरण

सहयात्रा टिभी

तुलसीपुर । असोज–२५, चाडपर्वलाई मध्यनजर गर्दै नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले सहुलियत दरमा खाद्यान्न बिक्री वितरण थालेको छ ।बडादशैँ, तिहार र छठपर्वलाई ध्यानमा राख्दै खाद्यान्न बिक्री गर्न शुरु गरिएको हो ।

असोज १७ गतेदेखि खाद्यान्न बिक्री गरिरहेको सूचना अधिकारी नकुुल चौधरीले जानकारी दिए । सरकारले जिल्लामा पहिलो पटक सहुलियत दरमा बिक्री गर्न चामल पठाएको हो ।

चाडपर्वमा सर्वसाधारणलाई सहुलियत होस् भनेर सरकारले यस्तो निर्णय गरेको हो । सोना मन्सुली प्रतिकिलो रु ४१ र जिरा मसिनो प्रतिकिलो रु ५१ मा बिक्री वितरण भइरहेको छ । “सहुलियत दरमा बेच्न ५०० क्विन्टल चामल आएको छ,” चौधरीले भने । सर्वसाधारणले खाद्य संस्थानको कार्यालयबाट अगामी कात्तिक २७ गतेसम्म चामल किन्न सक्नेछन् ।

प्रकाशित : 11 October, 2018

प्रतिक्रिया दिनुहोस्