सामुहिक बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

सहयात्रा टिभी

बुटवल । असोज–२५, रुपन्देहीमा १६ वर्षीया किशोरिको सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना युवकहरुलाई पक्राउ गरेको छ । रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा २३ गते बेलुका ८ बजे किशोरिमाथि बलात्कार भएको थियो ।

बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा पुर्‍याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीको जाहेरी छ ।जाहेरीका आधारमा प्रहरीले रुपन्देही देवदह नगरपालिका १० का ३५ वर्षीय उदय थापा र वुटवल उपमहानगरपालिका-७ का २६ वर्षीय कृष्ण थापालाई पक्राउ गरेको छ ।

घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हृदय थापाले बताए । घटनामा अन्यको पनि संलग्नता हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले बताए ।

प्रकाशित : 11 October, 2018

प्रतिक्रिया दिनुहोस्