चाडपर्वको अवसरमा ठगी बढ्दै, सर्वसाधारणहरु आँफै सतर्क रहनु जाति

सहयात्रा टिभी

काठमाण्डौं । असोज–३१, चाडपर्वको नाममा अनेक तरिकाबाट मानिसहरु ठगिने गर्छन् । अझ दशैँतिहारको अवसरमा भने ठगि गर्ने नियतका मानिसहरु निकै सक्रिय रहने गरेको देखिन्छ । विभिन्न उपहारका नाममा पनि नजानिदोँ पारामा मानिसहरु ठगिइरहेका हुन्छन् । चिठ्ठा, उपहार, विभिन्न अफर लगायतको आशा देखाएर सर्वसाधारणहरुलाई ठगि गर्नेहरुको जालोमा बच्चादेखि वृद्धसम्म र शिक्षितदेखि अशिक्षित सबै मानिसहरु पर्ने गर्छन् ।

यसैगरि चोरि र डकैती जस्ता अपराधहरु पनि चाडपर्वको अवसरमा मौलाउने गरेको देखिन्छ ।
चाडपर्व भित्रिएसँगै महङ्गीको तातो पानिमा पिल्सीएका सर्वसाधारणहरुलाई यस्ता ठगी गर्नेहरुको जालोले अझ आलो घाउमा नुन छरेझैँ हुने गर्छ । खाद्यन्नमा मिसावट हुने, लत्ताकपडाहरु महङ्गीनेजस्ता समस्याहरुले पनि साधारण गरिब जनताहरुलाई नै सताउने गरेको देखिन्छ ।

दशैँको अफर भनि सेलमा राखिएका सामाग्रीहरुबाट पनि व्यापारीहरुले अत्याधिक मात्रामा ठगी गरेको पाइएको छ । सेल भन्दै ठूलो प्रतिशत छुटको ट्याग झुण्ड्याएर पाँच गुणभन्दा बढि रकम असुल गर्ने गरेको समेत पाइएको छ । व्यापारिहरुको यस्तो नियतले सर्वसाधारणहरु ठूलो मारमा पर्ने गर्छन् ।

बम्पर उपहार भन्दै नागरिक ठग्ने परिपाटी पनि बढिरहेको छ । चाडपर्वको समयमा नागरिक ठगहरुको फेला नपरुन भनेर प्रहरी प्रशान सक्रिय रहेपनि कुनै न कुनै माध्यमबाट नागरिकहरु ठगिइ रहेका हुन्छन् । त्यसैले अन्य समयमा भन्दा चाडपर्वका समयमा नागरिकहरु आँफैँ पनि सतर्क र सजग हुनु जरुरी देखिन्छ । लापरवाहि गर्नाले चाडपर्वका समयमा हाँसिखुसी रहनुको सट्टामा ठगिएर दुखी हुनबाट आँफै बच्नु जाति हुने देखिन्छ ।

प्रकाशित : 17 October, 2018

प्रतिक्रिया दिनुहोस्