राजधानीमै १४ वर्षीया किशोरी बलात्कृत

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–८, काठमाडौं महानगरपालिका-१३ सोल्टीमोडमा एकजना १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ का ३० वर्षीय समिर पुलामीले उक्त किशोरीलाई बलात्कार गरेको प्रहरीले जानकारी दिएको हो ।

पुलामीलाई प्रहरीले बुधबार नै पक्राउ गरेर हिरासतमा लिएको छ। पुलामीले सोल्टीमोडमा बस्ने १४ वर्षीया किशोरीलाई कोठामा एक्लै भएको बेला जबरजस्ती करणी उद्योग गरेको महानगरीय प्रहरी वृत कालिमाटीले जनाएको छ ।

प्रकाशित : 25 October, 2018

प्रतिक्रिया दिनुहोस्