तिते करेलाको जुस पिउनुस, अनगिन्ति छन् फाइदाहरु

सहयात्रा टिभी

काठमाण्डौं । कात्तिक–२६, तिते करेला एक तरकारी हो, जुन तितो स्वादको भएपनि धेरैलाई मन पर्ने गर्छ । तितो भएपति यो निकै फाइदाजनक तरकारीको रुपमा रहेको छ । करेलामा भिटामिन ए, भिटामिन बि १, भिटामिन बी २, भिटामिन सि, फाइबर, क्याल्सियम, पोटासियम, जिङक, फलाम, कपर तथा फोस्फोरस जस्ता तत्वहरु हुन्छ ।

करेला एन्टिअक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । यसको जुस बनाएर खान सकियो भने हामी धेरै किसिमका रोगबाट टाढा रहन सक्छौ । यसको जुुस पिउन भने तितो भएका कारण निकै गाह्रो हुन सक्छ । यदि जुस मात्र पिउन गाह्रो भयो भने जुसमा मह मिसाएर पनि प्रयोग गर्न सकिन्छ ।

तिते करेलाको जुसका फाइदाहरु यसप्रकार छन् ।

–आँखाको लागि फाइदाजनक
करेलामा बिटा–क्यारोटीन र भिटामिन ए पर्याप्त मात्रामा हुन्छ । जसले आँखा स्वस्थ राख्न मद्दत गर्छ ।

–क्यान्सरबाट टाढा रहन
नियमित एक गिलास करेलाको जुस पिउनाले प्याङक्रियाजमा हुने क्यान्सरको कोषलाई नष्ट गर्छ । करेलामा पाइने ऐन्टी–क्यान्सर कम्पोनेन्ट्सले क्यान्सर उत्पन्न गराउने कोष रोक्ने काम गर्छ, जसले उक्त कोषिकाको शक्ति नष्ट भएर जान्छ र क्यान्सरको सम्भावना पनि हुँदैन ।

– मुटुको रोग
यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ। यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीको मात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ।

–कब्जियतको समस्या समाधान
यसमा भएका फाइबरहरुले खाना पचाउन मद्दत गर्छन् । यसले गर्दा कब्जियतको समस्या पनि हट्छ।

– डण्डीफोर हटाउनुको साथै छालाको सुन्दरताको लागी
करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ।

–भोक बढाउनमा सहयोगी
तपाईँलाई भोक लाग्दैन वा भोक कम लाग्छ भने करेलाको जुस सेवन गरे त्यो समस्याबाट मुक्ति पाउन सकिन्छ । करेलाको जुस नियमित पिउनाले पाचन पक्रिया पनि बलियो बन्छ ।

–मिर्गौला र ब्लाडर
यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ।

प्रकाशित : 12 November, 2018

प्रतिक्रिया दिनुहोस्