जमराको जुस पिउनुस, फाइदै फाइदा पाउनुस्
काठमाण्डौं । मंसिर–१४, पछिल्लो समय गहुँको जमराको जुस पिउने प्रचलन बढेको छ । फाइबरयुक्त गुणका कारण जमरालाई स्वास्थ्यकर खानाका रुपमा लिइन्छ । चिकित्सकहरुका अनुसार पोषकतत्वले भरिपूर्ण गहुँले मुटु रोग,पाचन प्रक्रिया, क्यान्सर तथा टाइप-२ मधुमेहको जोखिम कम गर्छ ।
चिकित्सकहरुका अनुसार मानिसका लागि गहुँ जति स्वस्थकर छ, उमारेको गहुँबाट बनेको जुस त्योभन्दा धेरै फाइदाजनक छ । त्यसैले गहुँको जुस पृथ्वीकै सर्वोत्कृट स्वस्थ्यकर जुसमध्ये पर्छ ।
गहुँको जमरामा भिटामिन ए, के, सि, र इ, थाइमिन, कोलाइन, आइरन लगायतका सयभन्दा बढि पोषक तत्वहरू भएकोले उक्त जमराको जुस नियमित सेवन गरेका मानिसको शरिरमा कुनै पनि रोग नलाग्ने बताइन्छ । एक अध्ययन अनुसार गहुँको जमराबाट बनाइएको जुस एनिमिया, रगतको क्यान्सर लगायतका रोगको समेत निको हुने कुरा प्रमाणित समेत भइसकेको छ ।
जमराको जुसलाइ अँग्रेजीमा वीट ग्रास पनि भनिन्छ भने, यसलाई अर्को शब्दमा ग्रीन ब्लड पनि भनिन्छ । यस्तो प्रकारको जुसमा अधिक मात्रामा अक्सिजन हुने भएकाले यसले हाम्रो शरीरमा भएका ब्यक्टेरियाहरुसंग लड्न मद्त गर्दछ । यसले छालामा सावुनको काम गर्दछ साथै दुर्गन्ध हटाउनमा पनि महत्तवपुर्ण भुमिका खेलेको हुन्छ ।
गहुँ उम्रेको १० देखि १५ दिन भित्र यसको जुस बनाएर खान उचित मानिन्छ । यसका फाइदाहरुलाई निम्नअनुसार हेर्न सकिन्छ :
–प्राकृतिक रुपमा उर्जा प्रदान गर्छ
यो एमिनो एसिडको मुख्य स्रोत हो, जुन शरीरमा प्रोटिनको मात्रा बढाउन मद्दत गर्छ । अण्डा, मासु जस्ता खाद्य पदार्थ खादाँ त्यसलाई प्रोटिनमा परिणत गर्नुपुर्व पहिले एमिनो एसिडमा परिणत गर्न जरुरी हुन्छ ।कुनै पनि फलफूल वा तरकारीको जुसमा २ देखि ४ चम्पा उमारेको गहुँको धुलो मिसाएर खाएमा त्यसले शरीरलाई आवश्यक उर्जा प्रदान गर्छ ।
–मुटुका लागी स्वास्थ्यकर
यस जुसमा भएको क्लोरोफिलले मुटुका धमनी (आर्टरी) कडा हुने समस्या तथा उच्च रक्तचापको समस्याको उपचार गर्नमा मद्दत गर्छ । यसले रक्तनली शुद्ध गरी साघुँरो हुनबाट जोगाएर रक्तचापलाई नियन्त्रणमा राख्छ ।
–जमराको रसले पाचन क्षमता बढाउँछ
जमराको रसले हाम्रो शरिरको पाचन क्षमतालाई बढाउन मद्यत गर्छ । नियमीत रुपमा जमराको जुस सेवन गर्नाले पाचन प्रणालीमा देखिने समस्याहरु समेत दुर भएर जान्छ । यसले पाचन प्रणालीमा सुधार ल्याई पेटलाई खाना पचाउने प्रक्रियाबाट राहत दिन्छ ।
–रगतमा चिनीको मात्रा कायम राख्छ
जमराको जुसले शरीरमा ग्लुकोज तथा लिपिडको मात्रामा सुधार गर्छ, जसले मधुुमेहलाई सन्तुलित राख्न मद्दत गर्छ ।यसले पाचन प्रणालीमा सुधार ल्याई पेटलाई खाना पचाउने प्रक्रियाबाट राहत दिन्छ, जसले गर्दा मधुमेहका लागि आवश्यक पर्ने इन्सुलिनका उत्पादन गर्न सघाउ पुर्याउँछ । यसले प्याङक्रियाज तथा कलेजोको विषाक्त हटाई अप्रत्यक्ष रुपमा मधुमेह सन्तुलनमा राख्न मद्दत पुर्याउँछ ।
–मोटोपना हटाउन मद्यत
मधुमेह, मुटु रोग लगायतका विभिन्नखाले गम्भीर रोग लाग्नुको पछाडी मोटोपना मुख्य कारक मानिन्छ । शरीरबाट अतिरिक्त बोसो हटाउन तथा शरीरको तौललाई सन्तुलनमा राख्न गहुँको जुस सेवन गर्नु उपयुक्त मानिन्छ ।
गहुँको रसमा सेलेनियम नामक तत्व हुन्छ, जु
–जमराको जुसले शरीरमा जम्मा भएको विकार तथा विजातीय तत्वहरूलाई बाहिर निकाल्ने काम गर्छ ।
–जमराको रसले मालिस गर्दा छालाको रोग त हट्छ नै, साथै त्यसमा निखार पनि आउँछ ।
–यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।