लण्डनमा आक्रमण, ७ जनाको मृत्यु, ५० घाइते

सहयात्रा टिभी

बिबिसि । बेलायतको लण्डन ब्रिजमा रहस्यमय आक्रमण भएको छ । एउटा गाडीले अन्धाधुन्ध पैदलयात्रीलाइ ठक्कर दिएको केहीबेरमै गाडीबाट उत्रिएका तीन जनाले पैदलयात्रुलाइ अन्धाधुन्ध छुरा प्रहार गरेका छन । यो घटनामा ७ जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन । साथै तीन जना संदिग्ध पुरुष हमलाकारीलाई प्रहरीले गोली हानी मारेको छ । यसअघि ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले लण्डनमा भएका घटनालाई सम्भावित आतंकवादी घटना भनेकी छन् ।
‘यो घटनाक्रम तीव्ररुपमा छानबिन हुँदैछ । म घटनास्थलमा पुगेका प्रहरी तथा आपतकालीन सेवा प्रदायकप्रति आभार व्यक्त गर्न चाहन्छु । यी भयानक घटनामा परेकाहरुको कुशलताका निम्ति हामी प्रार्थना गर्र्छौं ।’ टरिजाले भनिन ।
लण्डन ब्रिज, बरो मार्केट तथा भक्सल क्षेत्रमा भएका घटनापछि एक विज्ञप्ती जारी गर्दै ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले ती घटनालाई सम्भावित आतंकवादी घटना मान्दै छानविन भइरहेको बताएकी छन् । मेट्रोपोलिटन प्रहरीले लण्डन ब्रिज तथा बरो मार्केट क्षेत्रको घटनालाई आतंकवादी भनेको छ । विपक्षी दलका नेता जेरेमी कोर्बिनले पनि घटनालाई निर्दयी भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घडीमा अमेरिका ब्रिटेन तथा लण्डनको साथमा रहेको भन्दै ट्वीट गरेका छन् । म्यानचेष्टर शहरमा एक पप कन्सर्टका बेला भएको आत्मघाती विष्फोटमा २२ जना मारिएको दुई साता नवित्दै यो घटना भएको हो ।

प्रकाशित : 4 June, 2017

प्रतिक्रिया दिनुहोस्