राज्यबाट प्राप्त सेवासुविधा सामाजिक काममा लगाउँछन् वडा सदस्य कुवर
बझाङ । पुष–१५,, बझाङ को बुङ्गल नगरपालिका वडा न ६ का वडा सदस्य जित बहादुर कुवर अहिले राजनीतिका साथै सामाजिक काममा समेत सक्रिय रहेका छन् । बुङ्गल नगरपालिका ६ मा नै जन्मिएका कुवर आफुले राज्यबाट पाउने सेवासुविधाका साथै आफ्नो सानो व्यापारव्यवसायबाट प्राप्त आम्दानि समेत सामाजिक काममा लगाउने गर्छन् ।
कुवरले आफ्नो तलब भत्ताको रकमबाट बुङ्गल नगरपालिका वडा नं. ६ का वृद्धवृद्धा, अपाङ्गता भएका ५३ जनालाई न्यानो लुगा र सिरक आफ्नै हातले बाँडेका छन् । उनले वृद्ध, असाय, अपाङ्ग गरि ३७ जनालाई ब्याङ्केट, ८ जनालाई ज्याकेट, ३ जनालाई सल र दुई जनालाई चोलो वितरण गरेका छन् ।
कुवर हाल जिल्लामा राजनीतिज्ञका साथसाथै समाजसेवीको रुपमा समेत परिचित बन्दै आएका छन् । उनको विचारमा राजनीति गरेर मात्रै गाउँनगरको विकासमा टेवा पु¥याउन सकिन्दैन । सोहि सोचका साथ अहिले समाज सेवामा कदम चलाउँदै आएका कुवर गाउँमा लोकप्रिय नेता बन्दै गएका छन् ।