एक्काइस जुवाडेसहित सात लाख बरामद

सहयात्रा टिभी

साँखु । पुष–२२, काठमाण्डौँ बौद्धको फूलबारीस्थित लोप्सान लामाको घरबाट प्रहरीले २१ जना जुवाडेसहित रु सात लाख १९ हजार ८२० बरामद गरेको छ । ठूलो रकमसहित जुवा खेलाइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाण्डौँ र महानगरीय प्रहरीवृत्त बौद्धको संयुक्त टोलीले लामाको घरमा छापा मारेको हो ।

छापा मार्दा प्रहरीले जुवा खेल्न प्रयोग गरिने गट्टी र कौडासमेत बरामद गरेको छ । पक्राउ परेका २१ पुरुषको अनुसन्धानपछि कानूनअनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाण्डौँका प्रमुख वसन्तकुमार लामाले जानकारी दिए। रासस

प्रकाशित : 6 January, 2019

प्रतिक्रिया दिनुहोस्