पोखरा महानगरद्धारा चलाइयो जनप्रतिनिधिकै घरमा डोजर

सहयात्रा टिभी


पोखरा । पुष–२३, पोखरा महानगरपालिकाले पोखरामा अबैध रुपमा बनाइएका ३ वटा घर सोमबार भत्काएको छ । महानगरपालिकाले सोमबार सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा महानगरपालिका वडा नम्बर ४ कि वडा सदस्य विष्णुमाया परियार, पोखरा वडा नम्बर ५ धारापानीका भरत लिगल र वडा नम्बर ५ मै पर्ने बुलौंदी खोलाको मापदण्डमा पर्ने जमुना क्षेत्रीको घर भत्काएको हो ।

महानगरपालिकाले सार्वजनिक जग्गा हडपेर बनाएको पोखरा वडा नम्बर ४ की वडा सदस्य विष्णुमाया परियारले फिर्के खोलाको मापदण्ड बिपरीत बनाएको फिर्केखोलाको घर डोजर लगाएर भत्काएको हो । डोजरसहित पुगेको महानगरपालिकाको टोलीले हालसालै ढलान गरेको एक तले घरको पिलरसहित घरको संरचना भत्काएको हो ।
। घर भत्काउन नदिन वडा सदस्य परियारले डोजरलाई रोक्ने भरमग्दुर प्रयास गरेकी थिइन् । उनले डोजरको बकेटमासमेत बसेर भत्काउने कार्य रोक्नका लागि प्रयास गरे पनि उनको प्रयास सफल भएन । आफूलाई मारेर लासमाथिबाट डोजर चलाउन चेतावनी दिएकी उनलाई नेपाल प्रहरीको महिला सदस्य र नगरपालिकाको महिला नगर प्रहरीले समातेर नियन्त्रणमा लिएपछि घर भत्काइएको थियो ।

प्रकाशित : 7 January, 2019

प्रतिक्रिया दिनुहोस्