त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य सबै उडानहरू अबरुद्ध

सहयात्रा टिभी

काठमाण्डौं । पुष–२४, आज देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य सबै उडानहरू अबरुद्ध भएका छन । विमानस्थलको टावरमा कम्युनिकेशनमा समस्या आएपछी सम्पूर्ण उडान अबरुद्ध भएको हो ।

बिहान करीव ९ बजेदेखि टावरमा प्राविधिक समस्या आएको भन्दै विमानस्थलले सम्पूर्ण उडान रद्ध गरेको हो।विमानस्थलमा प्राविधिक समस्या आएपछि यात्रुहरु मर्कामा परेका छन्।

देश भित्रका मात्र नभई अन्तराष्ट्रिय उडान पनि अवरुद्ध भएपछि यात्रुहरु मर्कामा परेका हुन्।अहिले टावरमा कम्युनिकेशनको मर्मत भैरहेको विमानस्थल श्रोतले जनाएको छ ।

प्रकाशित : 8 January, 2019

प्रतिक्रिया दिनुहोस्