मृत्यु संस्कारमा बहस आवश्यक : मुख्यमन्त्री पोखरेल

सहयात्रा टिभी

घोराही । पुष–२६, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताएका छन् ।

परम्परागत संस्कारका रुपमा गरिने १३ दिनको काजकिरिया समयअनुसार निकै कष्ठकर मानिएको तर पुरानो संस्कार भएको हुँदा छोड्न पनि नसकिरहेको अवस्थामा समय सुहाउँदो मृत्यु संस्कारको विषयमा बहस चलाउनु पर्ने देखिएको बताएका छन् ।

आधुनिकता र व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै समाजले यसलाई परिमार्जन गर्नुपर्ने उनको सुझाव छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका आमा भुविया चौधरीको निधन भएको १२ औं दिनको अवसरमा नगर प्रमुख चौधरीको घरमा नेपाल कम्युनिष्ट पाटीले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्दै उनले अब समाज सुधारलाई ध्यान दिनुपर्ने धारणा राखे ।

उनले यस्तो विषयलाई क्रमशः जनताको साथ लिएर, जनताको अभिमतबाट मात्रै सामाजिक संस्कार सुधार गर्नुपर्ने बताए । समाजलाई सँगसँगै लिएर मात्रै समाज सुधारमा लागे त्यो सार्थक रहने उनको भनाइ थियो ।रासस

प्रकाशित : 10 January, 2019

प्रतिक्रिया दिनुहोस्