नगद सहित समाजसेवि सबिता उप्रेती सम्मानित

सहयात्रा टिभी

काठमाण्डौं । माग–१, श्रीलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोडले लामो समय देखि अटिजम भएका बालबालिकाहरुको सेवामा समर्पित सामाजिक अभियान्ता तथा विशेष स्कुल तथा पुनस्थापना केन्द्रकी अध्यक्ष सुश्री सबिता उप्रेतीलाई नगद रु पच्चीस हजार सहित सम्मान गरेको छ । सहकारीको सातौ साधारण सभाको अवसरमा सहकारीको अध्यक्ष ओम उप्रेती र प्रमुख अतिथि काठमाण्डौ महानगरपालिकाको मेयर बिधासुन्दर शाक्यबाट सम्मानित गरिएको हो ।

नेपालमा अटिजम भएका बालबालिकाहरुलाई माया र अवसर प्रदान गरेर उनीहरु पनि सबल र सक्षम हुन सक्छन् भन्ने सन्देश बोकेर नेपाली समाजमा अटिजम सम्वन्धी सचेतना र सेवा साथै निस्वार्थ भावनाका साथ समर्पित भइ समाजमा सकारात्मक सन्देश पुर्याउदै बिगत लामो समय देखि विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) स्थापना गरि सामाजिक सेवामा देखाएको योगदानको उच्च मुल्यांकन भनि यो सम्मान गरियो छ ।

उप्रेतीले शुभकामना मन्तव्यमा धन्यवाद दिदै यो सम्मानले थप काम गर्ने हौसला बढ्नुको साथै जिम्मेवारी थपिएको बाताइन । उनले संस्थाको बारेमा र सामाजिक कार्यको बारेमा बताईरहदा उपस्थित सहभागीहरु भावुक हुँदै मनकारीहरुले संस्थालाई सहयोग गरेका छन् ।

काठमाण्डौको पेप्सिकोलामा रहेको उनको संस्थामा ४५ जना बालबालिकाहरुले शिक्षा ,विभिन्न थेरापी सेवा र सिपमुलक तालीमहरु पाइरहेका छ्न भने २६ जना कर्मचारीहरु कार्यरत छन ।

प्रकाशित : 15 January, 2019

प्रतिक्रिया दिनुहोस्