मालढुंगामा बस दुर्घटना : ज्यान गुमाउनेको संख्या ४ पुग्यो

बागलुङ । माघ–३, बागलुङ र पर्वतको सिमाना मालढुंगा नजिकै आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। म्याग्दीको बेनी बजारबाट नारायगढ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र अर्का एक जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रमुख डीएसपी भुवनेश्वर तिवारीले बस भीरबाट करिब ६० मिटर तल खसको अनलाइनखबरलाई बताए । उनका अनुसार घाइतेहरुको बाग्लुङ र पर्वत अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई अन्यत्र रिफर गर्ने तयारी गरिएको छ ।