राजपा दिशाहीन हुँदै, सत्तापक्ष भैसक्दा पनि आन्दोलन

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मत हालेर सत्तापक्ष भैसक्दा समेत राष्ट्रिय जनता पार्टी (राजपा) ले आन्दोलन जारी राखेको छ । आन्दोलन बिज्ञप्तीमा मात्र सिमित भैसक्दा समेत राजपाले सरकारलाइ घुक्र्यान छोडेको छैन । सत्तापक्ष पनि हुने आन्दोलन पनि गर्ने नीति आफै बोक्सी आफै झाँक्री भन्ने जस्तै भएको छ । आफना माग आफै पूरा गर्न राजपा सरकारमा सहभागी हुने चर्चा चलिरहेकाबेला राष्ट्रिय जनता पार्टी नेपालसहितको संघीय गठबन्धनले दुई दिन आन्दोलनका कार्यक्रम थप गरेको छ । सरकारले माग पूरा नगरेको भन्दै गठवन्धनले जेठ २७ गतेसम्मका लागि आन्दोलन थप गरेको छ । यसअघि २५ गतेसम्मका लागि मात्रै आन्दोलनका कार्यक्रम राखिएको थियो ।
विहीबार आन्दोलनका सम्पूर्ण कार्यक्रम सकिएपछि विहीबार नै विज्ञप्ति जारी गरेर गठवन्धनले २७ गतेसम्मका लागि आन्दोलन थप गरेको हो । २७ गतेसम्म प्रत्येक गाउँपालिका तथा नगरपालिका, उपमहानगरिपालिका तथा महानगरपालिकाको प्रत्येक वडा तथा बुथमा आन्दोलन परिचालन समिति गठन गर्ने गठबन्धनको कार्यक्रम रहेको छ ।
बलिउडकी स्टार नायिक प्रियंका हलिउडमा पनि सफल
एजेन्सी । आफनो सुन्दरता र अभिनयले बलिउडमा तहल्का मच्चाइरहेकी भारतीय अभिनेतृ प्रियंका चोपडा हलिउडमा पनि जम्न थालेकी छन । उनलाइ हलिउड यात्रा निकै फापिरहेको छ । क्वान्टीको सिरियल खेल्दै पिपुल्स च्वाइस अवार्ड र दर्शकहरुको वाहीवाही पाएकी प्रियंकाको हलिउड फिल्म ‘वे वाच’ यतिबेला प्रदर्शनमा छ । फिल्म निकै राम्रोसंग चलिरहेको छ । हलिउडमा यसको ब्यापार निकै उत्साहजनक भएपनि भारतमा भने यसको प्रदर्शन नै सुरु हुन सकेको छैन । वन्डर वुमेनका कारण यसको रिलिज केही पर धकेलिएको भारतीय संचार माध्यमले जनाएका छन । ‘वे वाच’ पछि प्रियंकाले जोस वेडनको नयाँ फिल्म ‘ब्याट गर्ल’ मा चासो राखेको बताइएको छ । उनले त्यस फिल्मा काम गर्ने आफनो इच्छा व्यक्त गरिसकेकी छिन । सो फिल्ममा खेल्नका लागि आफनो नाम पनि उनले पठाइसकेको बलिउडमा चर्चा छाएको छ ।

भाषा विवाद चर्किएपछि दार्जिलिङ तनावग्रस्त, तोडफोड र आगजनी
एजेन्सी । दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताले नेपाली भाषा समाप्त गर्न खोजेको भन्दै सुरु गरेको आन्दोलन उत्कर्षमा पुगेको छ । हुँदाहुँदा उनीहरुले मुख्यमन्त्री ममता बेनर्जीको क्याबिनेट बैठकमै हस्तक्षेपको प्रयास गरेका छन । राज्य सरकारले बंगाली भाषालाई अनिवार्य गरेको विरोधमा उनीहरु आन्दोलिन भएका हुन । मोर्चा कार्यकर्ताले मुख्यमन्त्री बेनर्जीबिरुद्ध चर्का नाराबाजी गरेपछि सुरक्षाकर्मीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले बेनर्जीको पुतला समेत दहन गरेका छन । त्यसक्रममा केही सवारी साधनमा तोडफोड र आगजनी समेत भएको छ । नेपाली भाषालाइ सिध्याउने षडयन्त्र अन्त्य नभएसम्म आफूहरु पछि नहटने मोर्चाको अडान छ ।
जततउस्ररदष्त.थिरद्दकटह्त्तडव
जर्मनका राजदूत काठमाडौंबाट जर्मनीसम्म मोटरमै फर्किदै
काठमाडौं । यो सुन्दा तपाईलाइ अचम्म लाग्ला कि नेपालका लागि जर्मन राजदूत जहाजमा होइन मोटरबाटै स्वदेश फर्किदैछन । आफ्नो कार्यकाल पूरा गरी उनी जहाजमा नभइ मोटरबाट घर फर्किन लागेका हुन । काठमाडौंबाट जर्मन पुग्न उनले झण्डै ११ हजार किलोमिटर यात्रा गर्नुपर्छ ।
राजदूत माथियस मायर यही जेठ २८ गते ज्ञानेश्वरस्थित दूतावासबाट मित्सुबिसी मोटर हाँकेर महाकाली अञ्चलको महेन्द्रनगरको बाटो हुँदै घर फर्किने तयारीमा छन । जेठ २९ गते कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले उनलाई बिदाइ गर्नेछन । उनी भारत–पाकिस्तान–इरान–टर्की हुँदै युरोपेली देश प्रवेश गर्नेछन् ।
करिब आठ साता लामो यात्रामा उनीसंग एकजना मात्र सहयोगी हुनेछन । केही घण्टामै पुगने हवाई यात्राभन्दा स्थलमार्गबाट घर फर्कन लागेकोमा उनी प्रफुल्ल छन । यो केवल आफूले आफनो आनन्दका लागि मात्र गरेको उनी बताउँछन । आफनो निर्णयबाट आफनो देशको सरकार र नेपाल सरकारमात्र होइन यात्रा गर्ने विभिन्न मुलुकका सरकार पनि आश्चर्यचकित भएको उनले बताए ।
विश्वको भूगोल र प्रकृतिलाई नियाल्दै हिँड्न पाउनु आफनो लागि आनन्दको विषय भएको उनी बताउँछन । नेपालको इतिहासमा आजसम्म कुनै पनि राजदूत सेवाअवधि सकेर स्थलमार्गबाट घर फर्केका छैनन् ।
तीन तहको निर्वाचन सम्पन्न नभएसम्म सत्ता गठवन्धन कायमै ः निधि
काठमाडौं । नेपाली काग्रेसका नेता विमलेन्द्र निधिले तीनवटै तहको निर्वाचन सम्पन्न नभएसम्म माओवादी केन्द्रसँगको सत्ता गठ

प्रकाशित : 8 June, 2017

प्रतिक्रिया दिनुहोस्