धुमधामका साथ मनाइदै इद

सहयात्रा टिभी

इस्लाम धर्मावालम्बीको महान पर्व इदुल फितर संसारभरका देशहरुमा हर्षोल्लासका साथ मनाईंदै छ । नेपाल लगायत सीरियादेखि लिएर अमेरिका तथा भारत र कतारसम्म इद धुमधामले मनाइदै छ । सोमवार बिहान इदको नमाजका लागि जम्मा भएका हजारौं मुस्लिम समुदायका नागरिकले इदको शुभकामना आदानप्रदान गरेका छन् । कतारमा अरब देशहरुको प्रतिवन्धबाट पैदा भएको राजनीतिक संकटका बीच इद मनाइँदै छ ।

हरेक कार्य शुद्धीका लागि मुस्लिम समुदायमा एक महिनासम्म गरिने रमजान पर्वको रोजा (व्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरीन्छ । हिजरी सम्वतको ८ औं महिना रजबुल मुरज्जबको समाप्तीपछि त्यसको भोलिपल्टदेखि रमजानुल मुबारकको महिना सुरु हुने गर्दछ । रमजानको महिनाभपरि इस्लाम धर्मालम्बीहरु बिहान सूर्य उदाएदेखि सूर्यास्त नहुँदासम्म हरेक दिन केही नखाइ ब्रत बस्ने गर्दछन् । यसरी एक महिनासम्म व्रत वसेर रमजान महिनाको अन्तिम दिन इद मनाएपछि मुस्लिम समुदायले मनाउने त्यस वर्षको रोजा पर्व समाप्त हुन्छ ।

प्रकाशित : 26 June, 2017

प्रतिक्रिया दिनुहोस्