डोजर अप्रेटर नै इन्जिनियर हुँदा ‘जेड’ आकारको सडक बन्यो
दैलेख । असार –१०, दैलेखका ग्रामिण सडकबिना सर्भे डोजर अप्रेटरको भरमा खोलिएको भरलाग्दा छैनन्। ग्रेड नमिलाई खनिएका साँधुरो सडकमा यात्रा जोखिमपूर्ण बन्दै गएको छ। ग्रामिण क्षेत्रका अधिकांश सडक ग्रेड उकालो छन्। त्यतिमात्रै नभई, प्राविधिक पक्षलाई ध्यान नदिई खनिएका कयौँ सडकले पुस्तौँदेखि बसोबास रहेका बस्तीहरु जोखिममा परेका छन्। दैलेखको महाबु गाउँपालिका–४ काप्रिखोला बाँसखोला गिताचौर सडकले त्यस्ता सडकको चित्रण गर्छ। गाउँपालिकाले चालु आर्थिक वर्षमा उक्त सडक निर्माणका लागि १३ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। सोही सडक निर्माण उपभोक्ता समिति समेत गठन भयो। उपभोक्ता समितिले जेसीवी प्रयोग गरेर ट्रयाक खोल्न सुरु गर्यो। उपभोक्ताहरुको उपस्थितिबिनै उपभोक्ता समिति गठन भएको, समितिका पदाधिकारीहरुले मनोमानी ढंगबाट सडक निर्माण गर्न थालेको भन्दै स्थानीयले विरोध जनाए। गाउँपालिकामा उजुरी समेत दिए। तर, सडकको ट्रयाक खोल्न रोकिएन्।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको मौका छोपर धमाधम सडक निर्माण भयो। उपभोक्ता समितिले मनोमानी ढंगबाट ट्रयाक खोल्दा अहिले ‘जेड’ आकारको र झण्डै नेपालको राष्ट्रिय झण्डा जस्तो सडक बनेको छ। सडकको लागत स्टमेट बनेपनि उपभोक्ता समितिले एकलौटी निर्माण गरेपछि यतिबेला उक्त सडक विवादित बनेको छ। चट्टानका कारण भिरालो जमिनमा सडक निर्माण भएकाले यो सडकमा सवारी साधन चल्ने सम्भावना त के चौपाए अथवा मानिस हिड्न सक्ने छैनन्। स्थानीयले उक्त सडक निर्माणमा कुनैपनि प्राविधिक विधि नपनाइएको बताएका छन्। ‘प्राविधिक अध्ययनबिनै डोजरले खनेकाले सडक साँघुरो र धेरै मोडहरु छन्, मोडहरु समेत साँधुरा छन् स्थानीयले भने ‘यस्तो सडकमा कसरी गाडी गुड्छन् होला ररु’ उनले बजेट दुरुपयोग भएको आरोप लगाए। भने सडक खन्ने क्रममा चट्टान भेटिएपछि मेसिन प्रयोग गरिएको उपभोक्ता समितिले जनाएको छ। करिब पाँच सय मिटर सडक खनिएको गाउँपालिकाका इन्जिनियर नविन थापाले जानकारी दिए। ‘हामीले सडक निर्माण नगर्न पटक–पटक आग्रह गरेकै हो,’इन्जिनियर थापाले भने ‘उपभोक्ता समितिले अटेर गरेर मनोमानी ढंगबाट सडक निर्माण गर्यो, ग्रेड नमिलाई खनिएको छ, हामी उक्त सडकको अनुगमन र मूल्यांकन गर्ने पक्षमा छैनौ।’ सडक निर्माणको पुर्ण रकम भुक्तानी भइनसकेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए। ‘हामीले अनुगमन गर्दा काम सकिएको थिएन्, सम्झौताअनुसारको काम देखिएन भने भुक्तानी दिँदैनौ,’ अध्यक्ष शाहीले भने। डोजर अप्रेटरले प्राविधिक मापदण्ड भन्दा गलत ढंगले सडक निर्माण गरेको अध्यक्ष शाहीले पनि स्वीकार गरेका छन्। अहिले दैलेखका स्थानीय सरकारहरुले निर्माण गरेका अधिकांश सडक भगवान भरोसामा चलेका छन्। जनप्रतिनिधि को ठाडो निर्देशन र डोजर अप्रेटर नै इन्जिनियर हुँदा अव्यवस्थित सडक बनेको स्थानीय भुवन केसी बताउछन्। ‘पर्यटक प्रवर्द्धन गर्नका लागि स्थानीय सरकारले खोलेका यस्ता कयौ सडकहरु उचित प्रचार–प्रसारको कमीले ओझेलमा परेका छन्’स्थानीय युवा झलक भण्डारी ठट्यौली शैलीमा भने ।