आरडीटी रिपोर्ट नेगेटिभ आएर घर गएका पुरुषको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार–१२, क्वारेन्टिनबाट आरडीटी गराउँदा नेगेटिभ रिपोर्ट आएपछि घर गएका एक व्यक्तिको मृत्यु भएको छ। भारतबाट केही दिन अघि फर्केर क्वारेन्टिनमा बसी घर गएका अजयमेरु गाउँपालिका–५ का २६ वर्षीय पुरुषको मृत्यु भएको अजयमेरू स्वास्थ्य शाखा प्रमुख हिक्मत खडायतले बताएकाछन् ।

गाउँपालिका– ५ गाल नजिकैको क्वारेन्टिनमा १४ दिन बसेपछि उनीसँगै आएका १९ जनाको आरडीटी गरिएको थियो। स्वास्थ्य शाखाका प्रमुख खडायतले आरडीटी नेगेटिभ आएपछि घर फर्काइएका उनको गएराति घरमै मृत्यु भएको  जानकारि दिए । कोरोना भाइरसको कुनै लक्षण नदेखिएकाले पीसीआर नगराएर आरडीटी परीक्षण मात्रै गरेर घर पठाएको उनले बताए। मृतक युवकको स्थानीयले परम्परागत रुपमा दहासंस्कार गरिसकेको छन् । उनको मृत्युको कारण भने खुलेको छैन ।

प्रकाशित : 26 June, 2020

प्रतिक्रिया दिनुहोस्