आज थपिए ३१६ कोरोना संक्रमित,कुल संक्रमित संख्या १३ हजार ५ सय नाघ्यो
काठमाडौं। असार–१६,कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबार १३ हजार ५६४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ३१६ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिएकाछन् । योसँगै एक हजार ६५७ महिला र ११ हजार ९०७ पुरुष सङ्क्रमित सङ्ख्या पुगेको छ ।
काठमाडौँ जिल्लामा सात पुरुष र महिला पाँचसहित १२ जना, ललितपुरमा एक पुरूष र भक्तपुरमा एक महिलालाई कोरोना भाइरस पुष्टि भएको छ । यसरी उपत्यकामा मङ्गलबार अहिलेसम्मकै बढी सङ्क्रमित थपिएका छन् ।प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर परीक्षणमा नेपालमा दक्षिण एसियामा अफगानिस्तान, बङ्गलादेश, पाकिस्तान, भारतलगायत देशहरूभन्दा धेरै अगाडि रहेको जानकारी दिए ।उनका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ७११ वटा पीसीआर परीक्षण भएको छ ।देशभर मङ्गलबार थप ६० डिस्चार्ज भएका छन् । योसँगै निको हुने तीन हजार १९८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर नौ महिला र पुरूष ५१ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म २७७ महिला र २९१७ पुरूष निको भएका छन् ।