नेपालमा कोरोना आज मात्र थप २३२ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या १५ हजार ४९१ पुग्यो
काठमाडौं। असार–२०,शनिबार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या १५ हजार ४९१ पुगेको जनाएका हुन् ।
जिल्लागत तथ्यांकअनुसार संक्रमित हुनेमा
अछामका -३७,
डडेलधुराका -३,
डोटीका -३,
गुल्मीका -९,
कञ्चनपुरका -६,
नवलपरासी पश्चिमका -४,
पाल्पाका -१६,
प्युठानका -६,
रुपन्देहीका -४,
सर्लाहीका -१६,
सिन्धुपाल्चोकका- १२,
मोरङका -६,
सिरहाका- २१,
इलामका -१,
झापाका -५,
सप्तरीका -३६,
धनुषाका -१५,
चितवनका -६,
नवलपरासी पूर्वका- ७,
बागलुङका -३ ,
म्याग्दीका -३,
तनहुँका -१,
स्याङ्जाका- १,
पाल्पाका -३,
प्युठानका- २,
बाँकेका -५,
रोल्पाका -२ र
दैलेखमा -१ जना रहेका छन् ।
यस्तै कोरोना भाइरस संक्रमणबाट आज थप दुईको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा असार २० गते शनिबार बिहान ५ बजे मृत्यु भएको बताए । उनी मधुमेहका बिरामी थिए । उनको असार १९ गते कोरोना पोजिटिभ पुष्टि भएको थियो । उनी १७ गते कतारबाट नेपाल फर्किएका थिए ।त्यसैगरी मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय वृद्ध रहेका छन् । उनी क्षयरोगको उपचार गराइरहेका थिए । उनको असार १७ गते मृत्यु भएको र कोरोना रिपोर्ट पोजिटिभ भने असार १८ गते आएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
भने नेपालमा कोरोना भाइरस संक्रमण निको भएर पछिल्लो २४ घन्टामा २७२ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत संक्रमित २७२ जना निको भर शनिबार घर फर्किएको जानकारी दिएको हो । यो सँगै हालसम्म निको हुनेको संख्या ६ हजार ४१५ पुगेको छ ।