कोरोना संक्रमण देखिएपछि गंगालाल अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द

सहयात्रा टिभी

काठमाडौं । असार–२३,सोमबार काठमाडौं उपत्यकामा मात्र ५४ जनामा कोरोना संक्रमण देखिएको थियो। पछिल्लो समय उपत्यकाका अस्पतालमा भर्ना भएका बिरामी र कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण बढ्दै गएको छ।

यसै बिच सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारत केही बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपचारत केही बिरामीमा कोरोना पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेक अन्य सेवा बन्द गरेको छ ।अस्पताल प्रशासनलेसूचना निकालेर अर्को व्यवस्था नभएसम्म आकस्मिकबाहेक अन्य सेवा बन्द गरिएको जानकारी दिएको छ। अस्पतालभित्र अनावश्यकरुपमा आवतजावत नगरिदिन पनि अस्पतालले अनुरोध गरेको छ।

प्रकाशित : 7 July, 2020

प्रतिक्रिया दिनुहोस्