उपत्यकामा कोरोना संक्रमित बढ्दो ,आज मात्र उपत्यकामा ४२ जनामा कोरोना पुष्टि
काठमाडौं । असार–२६, काठमाडौं जिल्लामा २८ जना सहित ११८ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा संक्रमण भएको जनाएको हो ।यो संगै नेपालमा शुक्रबारसम्म कुल १६ हजार ६४९ जना कोरोनाबाट संक्रमित भएका छन् ।
संक्रमित हुनेमा
काठाडमौंका -२८,
ललितपुरका -१३,
सुर्खेतका -११,
गुल्मीका -६,
इलामका- २,
पाँचथरका- २,
सिरहाका -२,
धनुषाका- ४,
महोत्तरीका -४,
रसुवाका -१,
डोटीका- १,
चितवनका- १,
बाँकेका -१,
भक्तपुरका -१,
काभ्रेपलान्चोकका -२,
रामेछापका -१,
रौटहटका- १,
सिन्धुलीका -१,
सिन्धुपाल्चोकका- १,
पाल्पाका -४,
रुपन्देहीका -१ ,
मकवापुरका- १,
धादिङका -१,
कैलालीका- १,
बागलुङका- २,
तनहुँका -८,
गोरखाका- १,
नवलपरासीका- २,
बाजुराका- १,
दैलेखका -२,
डोल्पाका -१ र
सल्यानका -१ जना रहेका छन् ।
मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ७५ हजार ९५१ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ४ हजार ८०६ परीक्षण भएका छन् ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३ हजार ९१० जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ८ हजार ६०३ जना रहेको छ ।२४ घन्टामा थप १२० जनाकोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म निको हुनेको संख्या ८ हजार ११ पुगेको छ ।