पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि,कुल संक्रमित संख्या १७ हजार नजिक
काठमाडौं । असार–२८,पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले योसँगै कुल सङ्क्रमित १६ हजार ८०१ पुगेको जानकारी दिएका हुन्।
यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ६ पुगेको छ । काठमाडौँमा पाँचजना र ललितपुरमा एकजना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा सङ्क्रमित पुष्टि भएको छैन ।उपत्यकामा अहिलेसम्म संक्रमित संख्या तीनसय ४७ पुगेको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा सङ्क्रमितहरु केही विदेशबाट फर्केका र केही स्वदेश र केही स्थानीय रुपमा सङ्क्रमण भएका छन् । केही स्थानीय रुपमा सङ्क्रमण भएकाहरु शुन्य दशमलब १८ मात्र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज १४७ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएकाछन् । योसँगै हाल सम्म निको हुनेको संख्या ८ हजार ५८९ पुगेको छ । यो कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ५१.१ प्रतिशत हो ।नेपालमा अहिले सकृय सङ्क्रमित आठहजार १७४ रहेका छन् ।पछिल्लो २४ घण्टामा तीनहजार ९१६ पीसीआर परीक्षण भएको छ । आइसोलेसनमा २३ हजार ७८४ रहेका छन् । आइसोलेसनमा आठहजार १७४ रहेका मन्त्रालयले जनाएको छ ।