गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०२, गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंमा गरिएको परिक्षणमा थप २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज सबै भन्दा धेरै नवलपरासी पूर्वका १८ जना र तनहुँका ७ जना रहेका छन्। नवलपरासी पूर्वमा रहेका १८ जना गैडाकोट नगरपालिकाका रहेको निर्देशनालयले विज्ञप्ती निकालेर जानकारी दिएको हो । यो सँगै गण्डकी प्रदेशमा संक्रमित हुनेको संख्या १ हजार २ सय ५६ पुगेको छ ।

प्रकाशित : 17 July, 2020

प्रतिक्रिया दिनुहोस्