नेकपा स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०२, नेकपा स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको थियो । तर, प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुट्न नसकेपछि आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

दुई अध्यक्ष छलफल गरेर स्थायी कमिटी बैठक बस्‍ने र केन्द्रीय कमिटी आह्‍वान गर्दै बैठक टुंग्याउने कार्यसूची थियो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजेसम्मका लागि स्थगित भएकोमा पुनः स्थगित भई साउन ४ गते ३ बजे हुनेगरी तोकिएको जानकारी दिए ।

प्रकाशित : 17 July, 2020

प्रतिक्रिया दिनुहोस्