क्वारेन्टिनमा बसेका एक युवकले गरे आत्महत्या

सहयात्रा टिभी

लमजुङ । श्रावण–०२, जिल्लाको कोलासोथर गाउँपालिका ९ गिलुङ रहेको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् । २३ वर्षीय युवराज घर्तीले झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।


लकडाउनअघि बुटवल दिदीको घर गएका युवराज घर्ती असार ३१ गते गाउँ फर्किएका थिए । उनले गिलुङमा रहेको वुद्धोदय माविको क्वारेन्टाइनमा आत्महत्या गरेका हुन् । उक्त क्वारेन्टिनमा उनी एक्लै भएका कारण आत्महत्याको कारण पत्ता लाग्न नसकेको जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्णप्रसाद शर्माले बताए । शर्माकाअनुसार शुक्रबार बिहान प्रहरीहरु उनको अवस्था बुझ्न जाँदा घर्ती मृत अवस्थामा भेटिएका थिए ।

प्रकाशित : 17 July, 2020

प्रतिक्रिया दिनुहोस्