वीर अस्पतालमा अब दैनिक ५ सय जनासम्मको कोरोना परीक्षण

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०३, वीर अस्पतालले आइतबारदेखि पाँच सय जनासम्म कोरोना भाइरसको नमुना परीक्षण गर्ने भएको छ ।अस्पतालले नयाँ पीसीआर मेसिन ३४ लाखमा खरिद गरेसँगै पुरानो र नयाँ पीसीआरबाट दैनिक पाँच सयसम्म कोरोना परीक्षण गर्ने भएको हो ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले नयाँ पीसीआर मेसिन बिहीबार जडान गरिएको जानकारी दिए । उनका अनुसार अब आइतबारबाट नयाँ पीसीआरको काम सुरु हुनेछ ।हाल अस्पतालमा दैनिक १५० वटासम्म पीसीआरको नमुना परीक्षण हुँदै आएको पनि उनले जानकारी दिए । उनले अस्पतालमा दैनिक तीन पटकसम्म कोरोना परीक्षण हुँदै आएको बताए । अस्पतालले अहिलेसम्म पाँच हजार सात सयजतिको कोरोना परीक्षण गरिसकेको सेन्चुरीले जानकारी दिए । सरकारले वीर अस्पताललाई निःशुल्क मात्रै होइन सशुल्कसमेत जाँच गर्न सक्ने अधिकार दिएको छ ।

प्रकाशित : 18 July, 2020

प्रतिक्रिया दिनुहोस्