चोर भनि स्थानीयको कुटाइबाट एकजनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०२, काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा चोर भनि स्थानीयको कुटाइबाट एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार टोलवासीले रक्सी खाएर आएको टोलका व्यक्तिहरुको कुटाइबाट रसुवा घर भइ हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङ मृत्यु भएको हो ।


यस्तै कुटपिटबाट रसुवाकै दोर्जे तामाङ घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार मृतक तामाङ र उनका एकजना साथी मध्यरातमा मदिरा सेवन गरेर सो क्षेत्र पुगेका थिए ।

प्रकाशित : 17 July, 2020

प्रतिक्रिया दिनुहोस्