प्यूठानमा ट्याक्टर दुर्घटना

सहयात्रा टिभी

प्यूठान । श्रावण–०४,ट्याक्टर दुर्घटना हुँदा प्यूठानमा सात जनाको मृत्यु भएको छ। स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ जाँदै गरेको ट्याक्टर वडा नम्बर तीनस्थित रुमालेमा दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले दुर्घटनामा मृत्यु हुने सबै रोल्पाका भएको जानकारी दिए। उनका अनुसार ६ जना रुन्टीगढी गाउँपालिका र १ जना त्रिवेणी गाउँपालिका रोल्पाका हुन्।

मृत्यु हुनेमा रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, १९ वर्षीय विरेन्द्र वाठा मगर,२४ वर्षीय रिमबहादुर बस्नेत,१९ वर्षीय थमन वाठा मगर, गोर्वधन बुढामगर, २५ वर्षीय कविराम बस्नेत रहेका छन्।जिल्ला प्रहरी कार्यालय प्यूठानले ट्याक्टर चालक त्रिवेणी गाउँपालिकाका अन्दाजी २५ वर्षीय कमल कुँवर रहेको जनाएको छ। दुर्घटनास्थल स्वर्गद्धारीको रुमालेमा यसअघि पनि पटक पटक दुर्घटना हुने गरेको प्रहरीको भनाई छ।घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना स्थानीयबासीले उद्दार गरेका छन्। मृत्युहुनेहरु पक्की हुँदै गरेको भिंगृ स्वर्गद्धारी सडक निर्माणमा आवद्ध मजदुरहरु रहेको बताइएको छ ।

प्रकाशित : 19 July, 2020

प्रतिक्रिया दिनुहोस्