विश्वभर एक करोड ४६ लाखभन्दा बढी कोरोना संक्रमण पुष्टि

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०६, मंगलबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ४६ लाख नाघेको छ । विश्वभर १ करोड ४६ लाख ५५ हजार ४ सय ५ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ६ लाख ९ हजार नाघेको छ। पछिल्लो तथ्यांक अनुसार ६ लाख ९ हजार १ सय ९८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ । अमेरिकामका संक्रमितको संख्या ३७ लाख २५ हजार १ सय ५३ पुगेको छ । त्यस्तै अमेरिकामा १ लाख ४० हजार ९ सय ५७ , जनाको मृत्यु भएको छ। यसैगरी विश्वभर ८२ लाख २७ हजार ८ सय ४ जना संक्रमणमुक्त भएका छन्। मंगलबार बिहानसम्मको तथ्यांक अनुसार नेपालमा १७ हजार ८ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ११ हजार ६ सय ६८ जना संक्रमणमुक्त भएका छन् भने ४० जनाको मृत्यु भएको छ ।

प्रकाशित : 21 July, 2020

प्रतिक्रिया दिनुहोस्