दोलखामा तेत्तीस घर पहिरोको उच्च जोखिममा

काठमाडौं । श्रावण–०६, देशभर वर्षातको समयमा बाढी पहिरोको जोखिम बढिरहेको बेला दोलखामा तेत्तीस घर पहिरोको उच्च जोखिममा परेका छन् । दोलखाको भिमेश्वर नगरपालिका–३ का विभिन्न टोलका ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष हरिशरण सिवाकोटीले जानकारी दिएका छन् ।
भिमेश्वर नगरपालिका–३ तार्थली नागीधाराका १५ घर र तल्लो पुरानो बजार क्षेत्रका १८ घर गरी ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेको हुन् । नगर तथा वडाले पहिरो नियन्त्रणका लागि पहल तथा सहयोग गरेतापनि भिरालो जमीनका कारण बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको विकल्प नरहेको वडाध्यक्ष सिवाकोटीले बताए ।