सुनको मूल्य वृद्धि, तोलाको ४ सयले बढ्यो

काठमाडौं । श्रावण–०६, साताको तेस्रो दिन मंगलबार (आज) नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार सुनको भाउ तोलामा ४ सय रुपैयाँले बढेको हो ।
सुनको भाउ भढेसगै तोलाको ९२ हजार ७ सय रुपैयाँ भएको छ । सोमबार तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा ३९५ रुपैयाँले बढेर ९२ हजार २ सय ६० रुपैयाँ पुगेको छ । चाँदीको भाउ एकै दिन तोलामा ४० रुपैयाँले बढेको छ ।