बालुवाटारमा शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीको हस्तक्षेप

काठमाडौं । श्रावण–१६, प्रधानमन्त्री निवास बालुवाटरअघि शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।”इनफ इज इनफ”अभियानले कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै विरोध प्रदर्शन गरेको हो ।
प्रहरीले बालुवाटार तथा भाटभटेनी क्षेत्रबाट युवाहरुलाई नियन्त्रणमा लिएको हो । उक्त अभियानका सदस्यहरु सरकारको लापरबाही विरुद्ध अनसनसमेत बसिरहेका छन् । सूचनाको हकसम्बन्धि निवेदन दिन सिंहदरबार पुगेका अभियन्ताहरुलाई पनि बुधबार प्रहरीले पक्राउ गरेको थियो ।