सभामुख सापकोटाको कोरोना परीक्षण, यस्तो छ रिपोर्ट

सहयात्रा टिभी

काठमाडौं । श्रावण–१८,राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त सबैको रिपोर्ट अनुसार सभामुख अग्निप्रसाद सापकोटा, उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।

सभामुख सापकोटाको स्कर्टिङमा रहेको सवारीसाधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि शुक्रबार सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पिसिआर विधिबाट परीक्षण गरिएको थियो ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालबाट प्राप्त सबैको रिपोर्ट नेगेटिभ रहेकोे सभामुखको सचिवालयले बताएको हो ।

प्रकाशित : 2 August, 2020

प्रतिक्रिया दिनुहोस्