मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीमा कोरोना पुष्टि

सहयात्रा टिभी

काठमाडौं । श्रावण–२०, प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीसहित धनुषाका ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले प्रादेशिक अस्पताल जनकपुरमा गरिएको स्वाब परीक्षणको क्रममा मुख्यमन्त्री कार्यालयका एक अधिकृत, एक ट्राफिक प्रहरी, दुई सवारीचालक र दुईजना कार्यालयकै अन्य कर्मचारीसहित ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । दुई दिनअघि गरिएको स्वाब संकलनको नतिजा आइतबार राति आएपछि उनीहरूमा संक्रमण पुष्टि भएको प्रजिअ भट्टराईले बताए ।

स्वास्थ्य निर्देशनालयका उपसचिव विजय झाले प्रदेशका अन्य मन्त्रालयमा समेत कर्मचारी तथा पदाधिकारीको स्वाब संकलन जारी रहेको जानकारी दिए । यसअघि प्रादेशिक अस्पताल जनकपुरका १४ जना कर्मचारीमा समेत कोरोना संक्रमण भएको जनाइएको छ ।अस्पतालले संक्रमित हुनेहरूमा स्टाफ नर्स, परामेडिकल कर्मचारी, ल्याब कर्मचारी र सरसफाइ कर्मचारी रहेको जनाएको छ ।

प्रकाशित : 4 August, 2020

प्रतिक्रिया दिनुहोस्