नेपालमा कोरोना, यस्तो छ पछिल्लो २४ घण्टाको कोरोना अपडेट
काठमाडौं ।श्रावण–२४,काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।भक्तपुरका ३ जना , काठमाडौंका ५६ जना र ललितपुरका ३ जना गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो।छिल्लो २४ घन्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको हो । नियमित मिडिया ब्रिफिङका क्रममा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा गरिएको ७ हजार ७ सय ८८ पीसीआर परीक्षणमा ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।यो संगै कुल संक्रमित संख्या २२ हजार ५ सय ९२ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार दुई सय रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४९९ डिस्चार्ज भएका छन्।यो संगै कुल डिस्चार्ज हुनेको संख्या भने १६ हजार ३१३ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ७९२ जना रहेको मन्त्रालयले जनाइको छ।
कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा काठमाडौंसहित ३ जिल्लामा ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका–६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती महिलालाई साउन १८ गते कोभिड–१९ पुष्टि भएको थियो । पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी रहेकी ती महिला आईसीयूमा उपचाररत थिइन् । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको हो ।यस्तै कोरोनाबाट पर्सा वीरगन्ज महानगरपालिका–३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको मन्त्रालयले जनाएको छ । ती पुरुषमा मृत्युपछि लिइएको स्वाब नमुनाको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । उनी मधुमेह तथा दमका रोगी थिए ।भने अर्का मृतक मोरङ विराटनगर–९ बस्ने ५८ वर्षीय पुरुषको साउन २३ गते कोसी अस्पतालमा शुक्रबार मृत्यु भएको थियो । उनी उच्च रक्तचापका रोगी रहेको बताइएको छ ।