थप एक कोरोना संक्रमितको मृत्यु

सहयात्रा टिभी

पोखरा । श्रावण–२५, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा–१९ का ६२ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको बताइएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विज्ञप्तिमार्फत आईसीयूमा राखेर उपचार गरिरहेकै अवस्थामा राति ११ः३५ मा उनको मृत्यु भएको जनाएको छ । यससँगै कोरोना भाइरसबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि स्याङ्जाका दुई, बागलुङ र गोरखाका एक–एक जनाको मृत्यु भएको थियो ।अस्पतालका निर्देशक अर्जुन आचार्यका अनुसार मधुमेह रोगबाट समेत पीडित उनी साउन १७ मा अस्पताल भर्ना भएका थिए ।

प्रकाशित : 9 August, 2020

प्रतिक्रिया दिनुहोस्