कोरोना अपडेट : थप ३ सय ८० जनामा कोरोना पुष्टि ,कुल संक्रमित संख्या २३ हजार नजिक

सहयात्रा टिभी

काठमाडौं । श्रावण–२५, पछिल्लो २४ घन्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले २४ घन्टामा गरिएको ८ हजार ५ सय १५ पीसीआर परीक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घन्टामा ४० जना डिस्‍चार्ज भएका छन् ।यो संगै हालसम्म १६ हजार ३ सय ५३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

नेपालमा आइतबारसम्म कोरोना संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । देशभर ६ हजार ५ सय ४४ जना आइसोलेसनमा र क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेको प्रवक्ता गौतमले बताए ।काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा काठमाडौंमा ९० र ललितपुरमा २ जनामा संक्रमण पुष्टि भएको आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । शनिबार ६२ जना र शुक्रबार १०६ जनामा संक्रमण पुष्टि भएको थियो ।पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले यातायातका साधनमा जोर बिजोर प्रणाली लागू गरेको छ । त्यस्तै उपत्यका प्रवेश नाकामा समेत कडाई गरिएको छ ।२४ घण्टामा कोरोना संक्रमित थप दुईजनाको निधन भएको छ ।योसँगै संक्रमण भएर मृत्यु हुनेको संख्या ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार कास्की जिल्ला पोखरा उपमहानगरपालिका– १९ का ६२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।उनी मधुमेहका बिरामी भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका– २ की २० वर्षीया महिलाको पनि शनिबार निधन भएको छ ।उनलाई उपचारका लागि नारायणी कोभिड अस्थायी अस्पताल लगेपछि मृत्यु भएको गौतमले जानकारी दिएकाछन् ।

प्रकाशित : 9 August, 2020

प्रतिक्रिया दिनुहोस्