कोरोनाका कारण थप एकको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । श्रावण–२६,भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत कंलकी निवासी ६४ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

उनको बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर गेलाल बताउँछन् । डा. गेलालका अनुसार संक्रमित कलेजोका साथै मधुमेहका बिरामी रहेका थिए ।

प्रकाशित : 10 August, 2020

प्रतिक्रिया दिनुहोस्