पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु
सहयात्रा टिभी
काठमाडौं । श्रावण–२८,पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले साउन १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी जनकपुरकी ३८ वर्षीया महिलाको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको जानकारी दिएका हुन् ।
त्यस्तै मंगलबार राति मेडिसिटी अस्पतालमा जनकपुरकै ७३ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मंगलबार राति नै कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी रहेको छ ।