बस दुर्घटनामा परि तीनको मृत्यु, ३२ घाइते

सहयात्रा टिभी

डोटी । श्रावण–२८,डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामतर्फ जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।जिल्ला प्रहरी कार्यालय डोटीले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले घाइतेहरुको अहिले उद्धार गरिरहेको जनाएको छ ।घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए । उनले भने, “हामी घटनास्थलमै घाइतेको उद्धार गरिरहेका छौँ, घाइतेको संख्या अधिक छ, जिल्ला अस्पताल पठाउने तयारीमा छौँ ।”बिहान ५ बजेतिर दुर्घटनामा परेको बस सडकबाट ३० मिटर तल खसेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले वर्षाका कारण सडक चिप्लो भएकाले गाडी दुर्घटना भएको हुनसक्ने जनाएको छ ।

प्रकाशित : 12 August, 2020

प्रतिक्रिया दिनुहोस्