पछिल्लो २४ घण्टामा ४ सय ८४ जनामा कारोना पुष्टि, उपत्यकामा मात्रै थपिए १ सय ३८ जना संक्रमित

सहयात्रा टिभी

काठमाडौं । श्रावण–२८,पछिल्लो २४ घन्टामा देशभर थप चार सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत हालसम्म संक्रमण हुनेको संख्या २४ हजार चार सय ३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार काठमाडौं उपत्यकाका एक सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमितमध्ये काठमाडौं जिल्लाका एक सय नौ, ललितपुरका ३३ र भक्तपुरका आठजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार
राष्ट्रिय प्रयोगशाला टेकुमा काठमाडौंका १०, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा काठमाडौंका २९ र भक्तपुरका एकजनामा संक्रमण देखिएको हो ।त्यसैगरी पाटन अस्पतालमा काठमाडौंका ११, ललितपुरका १४ र भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको हो ।वीर अस्पतालको प्रयोगशालामा काठमाडौंका दुई र भक्तपुरका दुई, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंका ११, ललितपुर एक र भक्तपुरका एकजनामा संक्रमण देखिएको हो ।नेपाल प्रहरी अस्पतालमा काठमाडौंका २२, ललितपुरका दुई र भक्तपुरका एकजनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।सानेपास्थित स्टार अस्पतालमा काठमाडौंका नौ, ललितपुरका दुई र भक्तपुरका एक, बिध प्रयोगशालामा काठमाडौंका पाँच र ललितपुरका दुई, ह्याम्स अस्पताल प्रयोगशालमा काठमाडौंका आठ र भक्तपुरका एकजनामा संक्रमण देखिएको छ । त्यसैगरी वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौंका दुईजनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा दुई महिला र ६ जना पुरुषको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिका १२ की ७८ वर्षीया महिलाको बुधबार किस्ट मेडिकल कलेजमा निधन भएको हो ।त्यसैगरी धादिङको निलकण्ठ नगरपालिका १४ का ३२ वर्षीय पुरुषको मंगलबार ह्याम्स अस्पतालमा निधन भएको मन्त्रालयले जनाएको छ ।धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका १ का ७१ वर्षीय पुरुषको उपचारकै क्रममा बुधबार मेडिसिटी अस्पतालमा, जनकपुर उपमहानगरपालिका ८ की ३८ वर्षीया महिलाको बुधबार पाटनअस्पतालमा मृत्यु भएको हो ।सप्तरी डाक्रेश्वरी नगरपालिका ८ का ७२ वर्षीय पुरुषको पनि निधन भएको छ । मोरङको बुढीगंगा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार मृत्यु भएको हो ।त्यसैगरी कपिलबस्तुको कपिलबस्तु नगरपालिका २ का ४२ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतलामा र बारा जिल्ला कलैया उपमहानगरपालिकाकका ७५ वर्षीय पुरुषको बुधबार किस्ट मेडिकल कलेजमा निधन भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।हालसम्म ९१ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 12 August, 2020

प्रतिक्रिया दिनुहोस्