नेपालमा कोरोना : २४ घण्टामा उपत्यकामा थपिए ११९ जना कोरोना संक्रमित,कुल संक्रमित संख्या २५ हजार ५ सय नाघ्यो

सहयात्रा टिभी

काठमाडौं । श्रावण–३०,शुक्रबार मात्रै थप ५९४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको हो । बिहीबार मात्रै ५२५ जनामा कोरोना संक्रमण देखिएको थियो।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ११९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।काठमाडौंका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका ३० जना गरी कुल ११९ जनामा कोरोना पुष्टि भएको बताइएको छ । त्यसो त बुधबार १३८ जना र बिहीबार १२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।त्यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या २४० जना रहेको छ । यो सँगै हालसम्म निको हुनेको संख्या १७ हजार ७७ पुगेको छ ।मन्त्रालयका अनुसार शुक्रबारसम्म पीसीआर विधिबाट ४ लाख ९४ हजार ६१३ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा जम्मा ११ हजार ५ सय ७५ पीसीआर परीक्षण भएका छन् ।हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १४ हजार ६ सय ३८ जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार ९१३ जना रहेको छ ।कोरोनाबाट ९९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित : 14 August, 2020

प्रतिक्रिया दिनुहोस्