प्रहरी अस्पतालका दुई डीआईजीमा कोरोना पुष्टि
सहयात्रा टिभी
काठमाडौं। श्रावण–३२, नेपाल प्रहरीको महाराजगञ्जस्थित अस्पतालमा कार्यरत दुई डीआईजीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले सो अस्तपालमा कार्यरत डीआइजीहरूमा सङ्क्रमण पुष्टि भएको बताएकाछन् ।
यस अघि नेपाल प्रहरीको हेडक्वार्टर र अस्पतालमा गरी १५५ जनामा सङ्क्रमण भइसकेको छ । यस्तै देशभर ६२० जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको र त्यसमध्ये १४० जना निको भएका छन् ।