राष्ट्रिय झण्डा जलाउने आठ जना सिआइबीद्धारा पक्राउ

सहयात्रा टिभी

काठमाडौं । भाद्र–०३, युट्युबमा राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गरेसँगै सो कार्यमा संलग्न रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय अपराध महाशाखाको टोलिले झण्डा जलाउने कार्यमा संलग्न आठ जनालाई पक्राउ गरेको जनाएको छ ।

उक्त गीत सार्वजनिक गरेपछि काठमाडौँको स्वयम्भूमा लुकेर बसेको अवस्थामा छ जनालाई सिआइबीको टोलीले पक्राउ गरेको हो । गीतको परिकल्पनाकार मकवानपुरको वागमती गाउँपालिका वडा नं ३ का ग्याल्जेन शेर्पासहित आठ जनालाई पक्राउ गरेको सिआइबी स्रोतले बतायो ।पक्राउ परेका अरुको नाम र ठेगाना अझै सार्वजनिक गरिएको छैन ।प्रहरी स्रोतले पक्राउ परेका अधिकाँश काभ्रेपलाञ्चोक जिल्लाका रहेको बतायो । सिआइबीले केही समयमै पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी परिसर पठाउने तयारी गरेको बताएकोछ । सिआइबीको टोलीले गीतमा देखिएका र झण्डा जलाउने कार्यमा संलग्न छ जनालाई र दुई जना महानगरीय अपराध महाशाखाले गरी आठ जनालाई पक्राउ गरेको हो ।

प्रकाशित : 19 August, 2020

प्रतिक्रिया दिनुहोस्