आज गणेश चतुर्थी

सहयात्रा टिभी

काठमाडौं । भाद्र–०६,श्री गणेशाय नम:
शान्ताकारम् भुजगशयनम् पद्मनाभम् सुरेशम् ।
विश्वाधारम् गगनसदृशम् मेघवर्ण शुभाङ्गम् ।।
लक्षमीकान्तम् कमलनयनम् योगिभिर्ध्यानगम्यम् ।
वंदे विष्णु भवभयहरम् सर्वलोकैकनाथम् ।।

आज गणेश चतुर्थि अर्थात हात्तिको टाउको भएका भगवान श्री गणेशको जन्मदिन । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्ड प्रक्रिया, पूजाआजा या कुनै नयाँ कामको शुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा श्री गणेशको नाम सधैं अगाडी आउँदछ । यसै कारण पनि सनातन हिन्दूधर्मावलम्विहरूबिच एउटा चर्चित भनाई नै छ, “शुभ कार्यको श्री गणेश गर्ने” यसदिन गणेशलाई विभिन्न ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन पनि रहेको पाइन्छ ।

महिनौदेखिको तिजको रौनक हिजो सकियो । महिलाहरूले हिजो गरेको कठोर निराहार, निर्जल व्रतको थकान छ अझै केही बाँकी नै छ होला तर नयाँ उर्जाका साथ पक्कैपनि आजको दिन यदि शुरु गर्ने तरखरमा छन होला । हिजो तृत्यिा तिथि अर्थात् तिज अनि आज भाद्र शुक्ल चतुर्थी अर्थात गणेश भगवानको जन्मदिन । कसैकसैले आजको दिनलाई विनायक चतुर्थि पनि भन्दछन् । गणेश भनौं या विनायक भनौं या गजाधर जे नामले सम्झिएपनि यी सम्पूर्ण नाम भगवान गणेश कै हो ।

१०८ वटा विभिन्न नाम भएका भगवान गणेशलाई कला र साहित्यको भगवान पनि मानिन्छ र उनको जन्मकाबारेमा दुइटा धारणा पाइन्छ । स्वस्थानी ब्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मैल जम्मा गरी उक्त मैलबाट बनाइएको आकृतीबाट गणेश उत्पन्न भएका हुन । एक दिन पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रुपमा गणेशलाई राखेकी थिईन । यी सब कुराबाट भगवान् शिवलाई जानकारी थिएन र सोही समय पार्वतीलाई भेटन भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन भन्ने थाहा नपाएरै गणेशको शिरकाटिदिए । स्नान पछि पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसंग अनेक विलौना गरेपछि देवादिदेव महादेव उत्तरतर्फ गई हात्तिको शिर ल्याएर गणेशको शरीरमा प्रतिस्थापित गरेको कुरा उल्लेख रहेको छ ।

अर्को किवंदन्तीका अनुसार देवताहरुको विशेष आग्रहमा शिव पार्वतीले गणेशको सिर्जना गरेका हुन, गणेशलाई राक्षसी पथको विघ्नकर्ता र देव पथको विघ्नहर्ताका रुपमा सिर्जना गरिएको हो । वास्तवमा गणेश चतुर्थि नेपाल लगायत भारत, मरीसस, फिजी लगायतका दक्षिण पूर्वी एशियाका देशहरूमा दश दिनसम्म मनाइने गरिन्छ । शुक्ल चतुर्थिमा शुरु हुने यो चाड अनन्त चर्तुदशीका दिनमा समापन गर्ने गरिन्छ । यसरी मनाउने क्रममा भगवान गणेशको प्रतिमा स्थापित गरी रंगीन पण्डालहरु लगाएर ४ चरणमा पुजा गरिन्छ । प्राणप्रतिष्ठा अर्थात भगवानको प्रतिमा स्थापित गर्ने, सोह्र तरिकाले भगवान गणेशको अनुष्ठान गर्ने, प्रतिमालाई एकठाउँबाट अर्को ठाँउ लैजान तैयार गर्ने अनि गणपति विसर्जन अर्थात प्रतिमालाई नदी, खोला अथवा सफा जलासयमा मा बिसर्जन गर्ने क्रमहरु हुन्छन् । यसरी शुरुमा स्थापित गरेको प्रतिमालाई अन्तमा लगेर औपचारीक रुपमा खोलामा बिसर्जन गरेपश्चात् यस पर्वको समापन भएको मानिन्छ ।यस दिन देखिने चन्द्रमामा दोष हुन्छ तसर्थ चन्द्रमा देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास रहेको छ । विशेषतः तराइक्षेत्रमा विभिन्न फलफूल र अन्य तिउन तरकारी छिमेकिका करेसाबारीबाट या गोठवाट चोर्ने चलन छ । यस याममा हुने फलहरु जस्तै भोगटे, कागती, नरिवल, केरा अनि अम्बा लगायतका मौसमी फलहरु आजको रात चोरिन्छ । एउटाको गोठबाट गाइगोरु फुकाउने र अर्काको गोठमा बाँधिदिने या खेतमा वाली खानेगरि छोडिदिने, रुखहरु काटिदिने आदिजस्ता रमाइलो पनि गरिन्छ जुन अवश्य पनि राम्रो हैन ।चाडपर्वहरु सौहार्दताको परीधिबाहिर जान हुँदैन र चाडपर्वले समाजमा वैमनस्यता हैन अपनत्व र सदाशयता बढाउन सक्नुपर्दछ । आजको साझँमा चन्द्र देखिहाल दोष मेटाउनकालागी रचनात्मक तरिका अपनाउनुहोला । अनि यदि तपाइको घरमा फलका बृक्षहरु छन् भने राती बसेर तिनको सुरक्षा गर्नुहोला किनभने आज चौथीको चोर चौथि हान्न सक्रिय हुन सक्छन् !

प्रकाशित : 22 August, 2020

प्रतिक्रिया दिनुहोस्