नेपालमा कोरोना : उपत्यकामा २ सय १६ सहित पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना पुष्टि

सहयात्रा टिभी

काठमाडौं । भाद्र–०६, पछिल्लो २४ घन्टामा देशभर थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसमेत हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार एक सय १७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १२ हजार पाँच सय १९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको हो ।अहिले सक्रिय संक्रमित १२ हजार ६ सय २१ जना छन् ।

काठमाडौं उपत्यकामा शनिबार थप दुई सय १६ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकाको काठमाडौं जिल्लामा एक सय ६०, भक्तपुरमा ५० र ललितपुरमा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज एक सय ३६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएको बताए ।हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार तीन सय ५० पुगेको छ ।निको हुने दर ५९ प्रतिशत रहेको गौतमले जानकारी दिएकाछन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ६ वर्षीया बालिकासहित नौजनाको निधन भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीकी ६ वर्षीया बालिकासहित नौजनाको मृत्यु भएको हो । सुनसरीका अर्का ६७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । त्यसैगरी पर्साका तीन पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ६१, ५८ र ४८ वर्षीय पुरुष छन् ।बाराका ५८ वर्षीय पुरुष, सिराहाका ६८ वर्षीय पुरुष, मकवानपुरका ५६ वर्षीय पुरुष र भक्तपुरका ७३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।योसमेत हालसम्म नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या एक सय ४६ पुगेको छ ।गौतमका अनुसार हाल नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर ०.५ प्रतिशत रहेकोछ ।

प्रकाशित : 22 August, 2020

प्रतिक्रिया दिनुहोस्