प्रमुख जिल्ला अधिकारीहरुको निषेधाज्ञाबारे कुनै निर्णय भएन, पुन:बुधबार बैठक बस्ने

सहयात्रा टिभी

काठमाडौं । भाद्र–०९, उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्नआज बसेको बैठकले निषेधाज्ञा थप्ने नथप्ने बारे कुनै पनि निर्णय नगरेको बताइएको छ ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले दिउँसो ३.०० बजे शुरु भएको बैठक अबेरसम्म चले पनि कुनै निर्णय नभएको र भोलि विहान फेरि बैठक बस्ने गोरखापत्र बताएकाछन्।त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पनि आजको बैठकबाट निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा कुनै निर्णय नगरेको र भोलि पुनः बैठक बस्ने बताए। यस अघि भदौ ३ गते राती १२ः०० बजेबाट जारी निषेधाज्ञा बुधबार बेलुका राती १२ः०० बजेसम्मका लागि जारी रहेको छ ।

प्रकाशित : 25 August, 2020

प्रतिक्रिया दिनुहोस्