सेती अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । भाद्र–१०, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका कोरोना संक्रमण पुष्टि भएका एक बिरामीको बुधबार बिहान मृत्यु भएको छ ।

मृतक कैलालीको गोदावरी नगरपालिका ११ घर भएका ४५ बर्षीय पुरुष रहेको बाताइएको छ ।अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले सुरुमा धनगढीकै निजी अस्पताल निसर्गको आईसीयूमा उपचार गराइरहेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार सेती अस्पतालमा भर्ना गरिएको बताए । मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनालाई जानकारी गराइसकेको पनि उनले थपे ।यता अस्पतालको बिरामीलाई कोरोना पुष्टि भएपछि निसर्ग अस्पतालको आईसीयू सिल गरिएको र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई होम क्वारेन्टाइनमा राखिएको अस्पतालका सञ्चालक कुबेर शाहीले जनाएकाछन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रकाशित : 26 August, 2020

प्रतिक्रिया दिनुहोस्